मुलाको पातमा लुकेको छ पोषण थाहा पाउनुहोस्

मुलाको पातमा लुकेको छ पोषण थाहा पाउनुहोस्

एजेन्सी । मुला त्यस्तो तरकारीमा पर्छ जसलाई दैनिक जसो हरेक भान्सामा सेवन गरिन्छ । यसलाई तरकारीको रुपमा खानुका साथै सलादको रुपमा पनि अत्यधिक प्रयोग गरिन्छ ।

प्रायः हामीले मुलाको प्रयोग गर्छौं तर त्यसको सागलाई फाल्ने गर्छौं । तर मुलाको साग यानिकी पातमा पनि पोषण तत्वहरु लुकेको छ भन्ने थाहा पाउनु भयो भने दैनिक रुपमा मुलासँगै त्यसको पातको पनि सेवन गर्नुहुनेछ ।

मुलाको पातमा भिटामिन ए, बी१, बी६, सी, फोलिक एसिड, क्याल्सियम, फस्फोरस, म्याग्नेसियम, पोटाशियम, आइरन आदि जस्ता पोषण तत्व पाइन्छ । भिटामिन सीले भरपूर हुने भएकाले यसलाई खानाले इम्यूनिटी बुस्ट हुन्छ । यसलाई तपाईं साग जसरी सेवन गर्न सक्नुहुन्छ । वा यो सलादकै रुपमा पनि खान स्वादिलो हुन्छ ।

मुलाको पातमा आइरनको मात्रा पनि उच्च हुने भएकाले रगतको कमीको समस्या कम गर्नलाई पनि मुलाको सागको सेवन गर्न सकिन्छ । यसमा क्यालोरी कम हुने भएकाले सलादको रुपमा खान सकिन्छ । जसले तपाईंको तौल पनि बढ्न दिँदैन । यदी तपाईं तौल कम गरिरहनु भएको छ भने यसलाई सलादमा मिसाएर सेवन गर्नुहोस् ।

फाइबरको मात्रा पनि अत्यधिक हुने भएकाले यसलाई तपाईं तरकारी, साग आदिको रुपमा सेवन गर्न सक्नुहुन्छ । यसले पाचन प्रक्रिया पनि राम्रो बनाउँछ । भिटामिन ए, सी, बी आदि पाइने भएकाले मुलाको पातले रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्न सहयोगी हुन्छ ।

यसको जुस बनाएर पनि तपाईं यसलाई आहारमा समावेश गर्न सक्नुहुन्छ । यो एकदमै असरदार हुन्छ । भिटामिन ए पाइने भएकाले मुलाको पातको सेवन आँखाका लागि पनि फाइदाजनक छ । यसलाई फाल्नुको साटो सलाद, साग, तरकारी आदिमा सेवन गर्नुहोस् ।

सम्पूर्ण स्वास्थ्यका लागि मुलाको पातलाई फाल्नु बेवकुफी हुनेछ ।