रिक्सा चालक मजदुरहरू आन्दोलनमा उत्रिए पछि धनगढीका यात्रुहरु अलपत्र

रिक्सा चालक मजदुरहरू आन्दोलनमा उत्रिए पछि धनगढीका  यात्रुहरु अलपत्र

धनगढी : धनगढीका विद्युतीय रिक्सा चालक मजदुरहरू आन्दोलनमा उत्रिए पछि यात्रुहरु अलपत्रमा परेका छन् । सम्बन्धित निकायले विद्युतीय रिक्साको उचित व्यवस्थापन नर्गदा आफुुहरु समस्यामा परेको भन्दै उनीहरू आन्दोलनमा उत्रिए पछि यात्रु समस्यामा परेका हुन ।

पछिल्लो केही दिन यता बढेको गर्मीले हैरान भएका स्थानीयहरुले यसरी सडकमा हिड्नु पर्दा झनै समस्यामा परेका गुनासो गरेका छन ।सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले गरेका निर्णय कार्यान्वयन हुनु पर्ने, अन्य स्थानमा दर्ता भएका विद्युतीय रिक्साहरूलाई धनगढीमा रोक लगाइनु पर्ने लगायतका माग राख्दै बिद्युतिय रिक्सा चालक मजदुरहरू आन्दोलनमा उत्रिएपछि यात्रुहरु लाई समस्या भएको छ ।

अटो रिक्सा चालक आन्दोलित भए पछि आफुलाई समस्या भएको धनगढीको चौराहबाट बुद्धचोक जादै गर्नुभएकी रामप्यारी चौधरीले बताउनुभयो । आफ्ना मागहरु पुरा गर्नको लागि सर्बसाधारणलाई दुख नदिन यात्रुहरुले अटो चालकलाई आग्रह गरेका छन । गर्मीको समयमा सडकमा भौतारीदै हिड्नु पर्दा अप्ठयारो हुने गरेको यात्रु प्रतिज्ञा रावल बताउनु हुन्छ ।

उहाँहरु मात्र होइन उहाँ जस्ता धेरै यात्रुहरुले अटो रिक्सा बन्द हुदाँ धनगढी बजारमा पैदलै हिड्नु परेपछि गर्मीको समयमा सास्ती भोग्नुप¥यो । यसरी अटो रिक्सा नै बन्द गरी आन्दोलन नगर्न यात्रु तथा सर्बसाधारणले विद्युतीय रिक्साका चालकहरुलाई आग्रह गरेका छन ।

गर्मीको समयमा यसरी अटो रिक्सा बन्द गर्दा प्रत्यक्ष असर सर्बसाधारण र बिद्यार्थीहरुलाई परेको छ । यसरी बन्द गरेर समस्याको समाधान नहुने हुदाँ अटो चालकहरुलाई बिकल्प रोज्न यात्रुहरुले आग्रह गरेका छन । तर उनीहरुले आफ्ना माग पुरा नहुन्जेल सम्म कडा आन्दोलन गर्ने चेतावनी दिएका छन । 

पछिल्लो पाँच बर्ष यता शहरी यातायातका लागि धनगढीमा विद्युतीय रिक्साहरु सर्वसाधारणको पहिलो रोजाई हुने गरेका छन् । सुदूरपश्चिम प्रदेशको ठूलो शहर र प्रदेशको राजधानी पनि भएका कारण बिभिन्न कामले अन्य जिल्लाबाट आउने मानिसहरु समेत सोमबार विद्युतीय रिक्साका चालकहरुले आफ्ना साधन बन्द गरिदिएपछि सबै समस्यामा परेका छन् ।

धनगढीमा यात्रीको संख्या भन्दा बढी विद्युतीय रिक्सा भएकोले धनगढी क्षेत्रमा उपमहानगरपालिका बाहेक अन्यत्र दर्ता भएका वद्युतीय रिक्सा चल्न बन्द गरिनुपर्ने उनीहरुको माग छ । रिक्साहरु बन्द भएर सर्बसाधारणहरु समस्यामा परेपछि केही बस कम्पनीहरुले बस सञ्चालन गरेर पैदल यात्रीलाई राहत दिने प्रयास गरेका छन् ।