पीएम कप : सुदूर पश्चिम प्रदेशद्वारा प्रदेश ३ लाई १५५ रनकाे लक्ष्य

पीएम कप : सुदूर पश्चिम प्रदेशद्वारा प्रदेश ३ लाई १५५ रनकाे लक्ष्य

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा सुदूर पश्चिम प्रदेशले प्रदेश तीनलाई १५५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको सुदूर पश्चिमले ४५.१ ओभरमा १५४ रन बनाउँदै अल आउट भयो । सुदूर पश्चिमलाई सस्तैमा समेट्न सूर्य तामाङले तीन विकेट लिए ।

उनले १० ओभरमा २ ओभर मेडन राख्दै २६ रन खर्चिएका थिए । यसैगरी जितेन्द्रसिंह ठकुरी र प्रतिस जिसीले दुई-दुई विकेट लिए । यस्तै कप्तान पारस खड्का र नन्दन यादवले पनि एक-एक विकेट हात पारेका थिए ।

यस्तै, सुदूरपश्चिमका लागि खडक बोहराले सर्वाधिक ४० तथा रोशन अधिकारीले २७ रन बनाए । यसैगरी नरेश बुढाएरले २६ रन बनाउँदा कप्तान शेर मल्ल १४ रनमा पेभेलियन फर्किए । अन्य खेलाडीले भने सम्झन लायक प्रर्दशन गरेनन् ।