बझाङमा बस पल्टियो

बझाङमा बस पल्टियो

बझाङ : बझाङको सिमखेत बसपार्कमा सहचालकले बस पार्किङ गर्न खोज्दा पल्टिएको छ । साँघुरो बसपार्क भएका कारण सहचालकले पार्किङ गर्न खोज्दा माहाकाली यातायातको ना ७ ख ६३७१ नम्बरको बस पल्टिएको हो ।

बसलाई सफा गरेर सहचालक लक्ष्मण कुँवरले पार्किङ गर्न खोज्दा बस पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सहचालक कुँवरालाई सामान्य चोट लागेको र उनको उपचार जिल्ला अस्पताल सिमखेतका भइरहेको छ ।