सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य ५ रुपैयाँले वृद्धि भएको छ ।

मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १६ हजार २ सय, तेजावी सुनको मूल्य १ लाख १५ हजार ६५० र चाँदीको मूल्य १ हजार ४५५ रुपैयाँ तोकिएको छ ।

सोमबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १५ हजार ७ सय, तेजावी सुनको मूल्य १ लाख १५ हजार १५० र चाँदीको मूल्य १ हजार ४५० रुपैयाँ तोकिएको थियो ।