आजको मौसम: उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

आजको मौसम: उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

धनगढी । जल तथा मौसम विज्ञान विभागले नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहने छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

यस्तै, आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागको मौसम सफा रहने छ ।

विभागले देशभरको तापक्रम क्रमिक रुपमा घटिरहेकाले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।