कैलालीमा विद्यार्थी बोकेको बस दुर्घटना

कैलालीमा विद्यार्थी बोकेको बस दुर्घटना

धनगढी : कैलालीको घोडाघोडी नगरपालिकामा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा कम्तिमा ६ जना विद्यार्थी घाइते भएका छन् ।

घोडाघोडी नगरपालिकाको सुखडस्थित लिटल एन्जल बोर्डिङ स्कुलको से १ ख ३९८ नम्बरको विद्यार्थीबाहक बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुखडका इन्चार्ज प्रहरी निरीक्षक यक्षराज जोशीले बताए ।

प्रारम्भिक अनुसन्धान अनुसार बसको टायरको रड भाच्चिँदा गाडी अनियन्त्रित भई पल्टेको देखिए पनि विस्तृत छानबिन भने गर्न बाँकी रहेको उनले बताए । घर–घर बाट विद्यार्थी ओसारेर विद्यालय तर्फ लैजाने क्रममा दुर्घटना भएको उनले बताए ।

बस दरख स्वास्थ्य चोकीको गेटमा पल्टिएको थियो । उनले केही विद्यार्थीलाई अभिभावकले नै अस्पताल पु¥याइ सकेका कारण कति विद्यार्थी घाइते भए भन्ने बारेमा भने एकिन जानकारी प्राप्त नभइसकेको बताए ।

प्रारम्भिक सूचना अनुसार घाइते विद्यार्थीलाई ठूलो चोट भने नरहेको उनले बताए । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।