कैलालीमा बाह्रौ कर सप्ताह मनाइयो

कैलालीमा बाह्रौ कर सप्ताह मनाइयो

धनगढी । कैलाली आन्तरिक राजश्व कार्यालयले बाह्रो राष्ट्रिय कर दिवस तथा कर सप्ताह विभिन्न कार्यक्रम गरि मनाएको छ । हरेक नागरिकलाई करको दायरामा आउनका लागि आह्वानस्वरुप मंसिर १ गतेदेखि कैलालीमा सुरु गरिएको बाह्रौं कर दिवस बिहिबार समापन गरिएको हो ।

स्वस्थ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने नारासहित शुरु भएको सप्ताहको बिहिबार सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव हरि लम्सालको प्रमुख आतिथ्यमा समापन कार्यक्रम गरिएको छ ।

समारोहमा प्रदेश प्रमुख सचिव लम्सालले कर आफनै लागि हो भन्ने बुझाउन जरुरी रहेको बताए । उनले कर प्रशासनलाई विविधिकरण गर्दै लग्न जरुरी रहेको बताए । उनले राज्य सञ्चालन गर्न कर लिइने र सोही करबाट विकास निर्माण लगाइने कुराको जानकारी सबैलाई दिन आवश्यक रहेको बताए । उनले भने –‘करबारे सर्वसाधारणलाई स्पष्ट बुझाउन सकिएको छैन् तर, राज्यबाट पनि कर लिएको अनुसार काम हुन सकेको छैन् ।’ 

कैलाली भन्सार कार्यालयका प्रमुख राजेन्द्रकुमार हमालले करबाटै खानेपानी, विद्युत, सडक, कल्र्भट निर्माण लगायतका काम हुने बताए । उनले भने –‘कर राज्य संचालनको प्रमुख माध्यम हो । सोही करबाट जनताका आधारभुत मागहरु पुरा हुन्छन् । करले पनि राज्य संचालनमा समस्या आए अनुदान लगिन्छ ।’ उनले समयमै सबैले कर तिर्न जरुरी रहेको बताए । 

आन्तरिक राजश्व कार्यालयका प्रमुख मोहनराज बस्नेतले करदातालाई जनचेतना दिलाउन हरेक वर्ष सप्ताह कार्यक्रम गर्ने गरेको उनले बताए । उनले यस वर्ष चाडपर्वका कारण बृहत कार्यक्रम गर्न नसकिएको बताए । उनले भने –‘सप्ताहले करको महत्व र आवश्यकता बुझाउँछ । करमा सुधार गर्नुपर्ने पक्ष धेरै छ र सुधार गर्दै पनि गइरहेका छौं ।

यस्तै कर सप्ताह समारोहको अवसरमा व्यापार, वित्तिय, उद्योग र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । कार्यालयले ब्यापारतर्फ सुन्दर सुदूरपश्चिम टे«डर्स, उद्योगतर्फ राजश्री फुड, वित्तियतर्फ किसान लघुवित्त वित्तिय सहकारी संस्थालाई सम्मानपत्रसहित सम्मान गरेको थियो भने कार्य सम्पादनमा उत्कृष्ट बनेका कार्यालयका नायव सुब्बा नारदप्रसाद भट्टलाई नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो । सम्मानित व्यक्तिलाई प्रमुख सचिव लम्सालले दोसल्ला ओढाएर तथा प्रमाणपत्र वितरण गरेका थिए ।