सर्पको टोकाईबाट एक युवकको ज्यान गयो

सर्पको टोकाईबाट एक युवकको ज्यान गयो

अछाम : सर्पको टोकाई बाट अछामका एक युवकको भारतमा ज्यान गएको छ । अछामको रामारोशन गाउँपालिका वडा नम्बर ७ सुतारका परे भण्डारीको ज्यान गएको हो । ३५ बर्षीय भण्डारी भारतको उत्तर प्रदेशमा एक सवारी स्वरुममा चौकिदारको रुपमा काम गर्दै आएका थिए ।

सर्पको टोकाईबाट घाईते भएका भण्डारीको केहिबेरमै ज्यान गएको मृतकका आफन्त दान बहादुर भण्डारीले बताउनुभयो । मृतकको शव पोष्टमाटमका लागी अस्पतालमा राखीएको झपट बोहराले जानकारी दिनुभयो ।