प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम माथि छलफल शुरु

प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम माथि छलफल शुरु

धनगढी : आइतबार प्रदेश सभामा पेश भएको प्रदेश सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा प्रदेश सभामा छलफल शुरु भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले राखेको प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि छलफल गरियोस भन्ने प्रस्ताव पारित भएपछि त्यसमाथि छलफल शुरु भएको हो ।

छलफलमा भाग लिएका सत्तापक्षीय सासंदहरुले नीति तथा कार्यक्रम उत्कृष्ट भन्दै बचाउ गर्नुभयो भने प्रतिपक्षी सासंदहरुले नीति तथा कार्यक्रम खुद्रा पसल जस्तो भन्दै आलोचना गर्नुभयो । नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेपाली  कांग्रेसका प्रदेश सांसद डिल्लीराज पन्तले प्रदेशलाई सम्बृद्ध बनाउन योजनाबद्ध विकास कार्यक्रमको आवश्यकता रहेको बेला सरकारले नीति तथा कार्यक्रम मार्फत सामान्य स्तरमा मात्रै काम गर्न चाहना राखेको देखिने बताउनुभयो ।

उहाँले भन्नुभयो –“कम्पनी जस्तो काम हुनुपर्नेमा प्रदेश सरकारको नीति तथा कार्यक्रम खुद्रा पसल जस्तो भयो ।” अध्ययन अनुसन्धानमा करोडौं खर्च गरेको सरकारले ती अध्ययनबाट आएको निष्कर्षका आधारमा नीति तथा कार्यक्रम बनाउनु पर्नेमा खुद्रा पसल राख्नमै सरकारको रुचि दखिएको उहाँले बताउनुभयो । 

नेपाली कांग्रेसकै प्रदेश सांसद कर्ण बहादुर मल्लले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले आफु निराश भएको बताउनुभयो । मल्लले प्रदेश सरकारले प्रदेशलाई पाँच बर्षमा कहाँ पु¥याउने भन्ने सोचका साथ नीति तथा कार्यक्रम ल्याउन नसकेको बताउनुभयो ।

हरेक निर्वाचन क्षेत्रमा दुई करोडका दरले बितरण गरिएको पूर्वाधार विकास कार्यक्रमको बजेटको विरोध भइरहेको बेला उहाँले नीति तथा कार्यक्रमको ३६ नम्बर बुँदामा रहेको आवश्यकता भौगोलिक विकटता, समाबेशीता, समन्यायिक एवम समानुपातिक ढंगले स्रोतको बितरण गर्ने कुरा कार्यान्वयन गरे त्यस्तो बजेट आवश्यक नरहेको बताउनुभयो । 

उता सत्तापक्षीय सांसदहरुले भने सरकारले पेश गरेको नीति तथा कार्यक्रम प्रदेशको विकासका लागि उपयुक्त भएको भन्दै बचाउ गर्नुभयो । सत्तापक्ष नेकपाका सासंद लिलाधर भट्टले प्रदेश सरकारले सन्तुलित विकासको नीति अवलम्बन गरेको बताउनुभयो ।

उहाँले नीति तथ कार्यक्रम बनाउँदा प्रदेश सरकारले केही महत्वपूर्ण कार्यक्रम छुटाएको बताउनुभयो । उहाँले जातिय विभेदका कारण जिल्ला सदरमुकामहरुमा दलित समुदायका विद्यार्थीहरुले बस्ने कोठा नपाइरहेका कारण हरेक जिल्लामा एक एक छत्राबास बनाउने, सडक दुर्घटनामा परेकालाई पनि हवाई उद्धार गर्ने  र हरेक अस्पतालमा शब बाहनको ब्यवस्था गर्ने कुरा छुटेको बताउनुभयो । 

नेकपाका सासंद दीर्घ सोडारीले भने संघीय सरकारले सुदूरपश्चिम प्रदेशलाई पर्याप्त बजेट नदिएको भन्दै संघीय सरकारको आलोचना गर्नुभयो । उहाँले शिक्ष्ाँ मन्त्रालयलाई दिइएको बजेट प्रदेशलाई दिएको बजेट भन्दा बढी र हेको बताउनुभयो ।

नीति तथा कार्यक्रम माथिको छलफलमा नेकपाका सासंद महेशदत्त जोशी, बलदेब रेग्मी र कुन्ति जोशी त था नेपाली कांग्रेसका सांसद दिब्येश्वरी शाहले पनि आफ्नो धारणा रख्नुभयो । 

प्रदेश सभाको मंगलबारको बैठकले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश सभामा सम्बोधन गरेकोमा प्रदेश प्रमुख मोहनराज मल्ल प्रतिको धन्यवादको प्रस्ताव समेत पारित गरेको छ ।