कटुवा पेस्तोल देखाई श्रीमतीलाई कुटपिट गर्ने  ठाकुर  पक्राउ

कटुवा पेस्तोल देखाई श्रीमतीलाई कुटपिट गर्ने  ठाकुर  पक्राउ

काठमाडौं । कटुवा पेस्तोलसहित धनुषाबाट  एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका- ८ ठिल्ला बस्ने ५१ वर्षीय रामईश्वर ठाकुर छन् ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले दिएको जानकारी अनुसार शुक्रबार साँझ ५० वर्षीया श्रीमती रामकाशी देवीलाई  कुटपिट गर्ने र हतियार देखाई ज्यान मार्ने धम्की दिइरहेका थिए ।

सो सूचना पाएपछि इलाका प्रहरी कार्यालय सबैला धनुषाबाट पुगेको प्रहरी टोलीले उनको घर खानतलासी गर्दा कटुवा पेस्तोल बरामद गरेको हो ।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।