बैतडीमा किशोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा एक युवक पक्राउ

बैतडीमा किशोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा एक युवक पक्राउ

बैतडी । बैतडीमा १७ बर्षीया किशोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको पाटन नगरपालिका ३ गुजरका २१ बर्षीय राजेश लुहारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

किशोरीका आफन्तले दिएको जाहेरी अनुसार लुहारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

यही मंसिर १० गते राति किशोरीलाई लुहारले जबरजस्तीकरणी गरेको उजुरी प्रहरीमा परेको छ । सोही उजुरीको आधारमा शुक्रबार इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी टोलीले युवकलाई पक्राउ गरेको प्रहरी निरीक्षक खत्रीले बताए ।

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खत्रीले बताए । पक्राउ परेका लुहारमाथि अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको छ ।