फिलिपिन्समा दुई शक्तिशाली भूकम्प

फिलिपिन्समा दुई शक्तिशाली भूकम्प

काठमाडौँ । फिलिपिन्सको दोस्रो ठूलो टापु मिन्डानाओमा दुईवटा शक्तिशाली भूकम्प गएका छन् । फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञानले ७.४ र ६.१ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

यस्तै, अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार स्थानीय समय अनुसार शनिबार राति ७.६ म्याग्निच्युडको पहिलो भूकम्प मापन गरिएको थियो भने त्यसको केही समयपछि ६.४ मापन भएको थियो । भूकम्प लगत्तै सुनामीको चेतावनी प्रणाली सक्रिय भएपनि पछि त्यसको खतरा टरेको बताइएको छ ।

यसअघि, मिन्डानाओको पूर्वी तटमा स्थानीय समय अनुसार २२:३७ (१४:३७ जीएमटी) मा पहिलो भूकम्प गएपछि सुरिगाओ डेल सुर र डाभाओ ओरिएन्टलका तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च जमिनमा जान भनिएको थियो। भूकम्पपछि जापानमा, फिलिपिन्सको उत्तर(पूर्वी क्षेत्रमा भने ०.४ मिटर (१.३ फिट) सम्मको सुनामी छालहरू देखिएका भने थिए । फिलिपिन्स वा जापानमा क्षति वा चोटपटकको तत्काल कुनै रिपोर्ट आएको छैन।

भूकम्पको केन्द्रविन्दुभन्दा टाढा सहरका मानिसहरु पनि भवनबाट बाहिर निस्केर खुला ठाउँमा बसेका थिए । बुटुआन सहरमा, बिरामीहरूलाई अस्पतालबाट बाहिर निकालिएको थियो ।