स्रोत नखुलेको रकमसहित एकजना पक्राउ

स्रोत नखुलेको रकमसहित एकजना पक्राउ

काठमाडौँ। काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट खरिदको स्रोत नखुलेका गरगहना र रकमसहित एकजनालाई पक्राउ गरिएको छ ।

प्रहरीले बनेपा नगरपालिका–७ वकुटोलस्थित एक घरमा डेरा गरी बस्ने भारतको महाराष्ट्र प्रदेश साङ्ली जिल्लाका  ३९ वर्षीय सचिन विभुतेलाई पक्राउ गरेको हो ।

ठूलो परिमाणमा सुन तथा चाँदी गालेर बिक्री गरेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार बिल नभएको सुन २३५ दशमलव नौ ग्राम, एक हजार ९०१ दशमलव २६ ग्राम चाँदी, नेरु पाँच लाख ७६ हजार र भारु २२ हजार बरामद गरिएको छ। रासस