कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका-४ बाट ०.४२ ग्राम लागूऔषध (खैरो हेरोईन) सहित भीमदत्त-३ बस्ने ३१ वर्षीय संजय थापासहित तीन जना मंगलवार साँझ पक्राउ परेका हुन्।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध फेलापारी पक्राउ गरेको जनाएको छ।

उनीहरुले प्रयोग गरेका नेपाली नम्बर प्लेटको सुदूरपश्चिम प्रदेश  ०२००४ प १८५५ र भारतीय नम्बर प्लेट यू के ओ ३ बी १८१३ नम्बरको मोटरसाईकलसहित तीनै जनालाई संयुक्त प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।