दार्चुलामा २ लाखबढीको अखाद्य तथा सुर्तीजन्य पदार्थ नष्ट

दार्चुलामा २ लाखबढीको अखाद्य तथा सुर्तीजन्य पदार्थ नष्ट

दार्चुला । दार्चुला भन्सार कार्यालयले अखाद्य बस्तुु तथा सुर्तीजन्य पदार्थ नष्ट गरेको छ । विभिन्न मितिमा बरामद गरिएका अखाद्य तथा सुर्तीजन्य पदार्थ नष्ट गरिएको हो ।

खान अयोग्य मिठाइ (पेठा) र सुर्ती बिडीजन्य वस्तु बुधबार सरोकारवाला पक्षको रहोवरमा नष्ट गरिएको कार्यालय प्रमुख शिवचन्द्र प्रसादले बताए ।

भारतीय घोडा बिडी ७ सय १२ बण्डल, हाइक्लास ४० प्याकेट, पात भएको सुर्ती १६ किलोग्राम, पानछाप २ प्याकेट, पान मसला ५ प्याकेट, आन्टी ६० प्याकेट, ४२ पेटी पेठा लगायत गरेर २ लाख ३३ हजार बराबरको अखाद्य तथा सुर्तीजन्य पदार्थ नष्ट गरिएको उनले बताए । दार्चुलामा भारतबाट भन्सार छली ठूलो परिमाणमा बिडी तथा सुर्तिजन्य पदार्थ भित्रिदै आएको छ ।