बिश्व वातावरण दिवशको अवसरमा धनगढी बजार सरसफाई

बिश्व वातावरण दिवशको अवसरमा धनगढी बजार सरसफाई

धनगढी : बिश्व वातावरण दिवशको अवसरमा २०६७ को अवसरमा बुधबार धनगढी बजारमा सरसफाई गरिएको छ । धनगढी उपमहानगरपालिकाको सहयोग र यूवा शान्ति परिषद नेपालको आयोजनामा बजारको कैलाली नाला देखि जिल्ला प्रहरी कार्यालय कैलाली सम्मको बजार क्षेत्रमा सरसफाई गरिएको हो ।

त्यसैगरी धनगढी उप–महानगरपालिकाको समन्वयमा बन तथा बातावरण बिभागले नेपाल स्वच्छ वातावरण महाअभियान अन्तरगत सरसफाई कार्यक्रममा सहभागिता जनाएको थियो ।

सोही क्रममा बन तथा बातावरण बिभागले धनगढी उप–महानगरपालिकालाई ३ सय डस्टविन हस्तान्तरण समेत गरेको थियो । यस्तै सोही कार्यक्रममा लेडिज जेसिस धनगढीले बिश्व वातावरण दिवशको अवसर पारेर बुधवार नै धनगढी उप–महानगरपालिका क्षेत्रका पर्खालहरुमा हरियो रंग लगाउने अभियानको सुरुवात गरेको छ ।

उक्त अभियानको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशिला मिश्र भट्टले संयुक्त रुपमा उद्घाटन गरेका थिए । धनगढी उप–महानगरपालिकाले ग्रीन क्लीन धनगढी अभियान अन्तरगत नगरका भवनहरुमा हरियो रंग लगाउने कार्यलाई अगाडी बढाएको छ ।

धनगढी उप–महानगरपालिका एक्लैले चाहेर मात्रै नगरको सरसफाई पूर्ण हुन सक्दैन नगरप्रमुख नृपबहादुर वडले भने,त्यसका लागि सबै क्षेत्रको हालेमालो आवश्यक छ । धनगढी उप–महानगरपालिकाले घरभित्रको फोहर बटुलेर नालीमा फाल्नेलाई कार्वाहीको दायरामा ल्याउने पनि नगरप्रमुख वडले बताए ।