जाडोमा चनाको साग खानुका फाइदा

जाडोमा चनाको साग खानुका फाइदा

एजेन्सी । जाडो मौसममा चनाको साग पनि स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । आउनुहोस् जानौं यसलाई खाँदा के कस्ता फाइदा हुन्छन् भन्नेबारे।

चनामा प्रोटिन, फाइबर जस्ता गुण पाइन्छन् । यसलाई जाडोको मौसममा खाँदा मधुमेह भएकालाई पनि फाइदा गर्दछ । साथमा यसलाई नियमित रुपले खाँदा कब्जियतको समस्या पनि हुँदैन ।

यसमा प्रोटिन, फाइबर, कार्बोहाइड्रेट, आइरन, भिटामिन तथा मिनरल्स पाइन्छन् । यसले शरीरमा कमी हुने पोषणलाई पूरा गर्ने काम गर्दछ ।

चनाको सागमा पर्याप्त मात्रामा फाइबर पाइन्छ । यसले लामो समयमा पेट भरिएको महसुस हुन्छ जसले गर्दा यो साग तौल कम गर्दा पनि खान सकिन्छ ।

त्यस्तै चनाको सागमा एन्टीअक्सीडेन्ट गुण हुन्छ । यसको सेवनले रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि हुन्छ । यसबाहेक रुघाखोकी, ज्वरोको समस्यालाई पनि कम गर्दछ । साथमा यो साग मानसिक स्वास्थ्यका लागि पनि खानु राम्रो मानिन्छ । यसले मानसिक स्वास्थ्यमा पनि राम्रो असर गर्दछ ।

चनाको सागमा भिटामिन ई, भिटामिन के तथा एन्टीअक्सीडेन्ट गुण पाइन्छ । यसलाई दैनिक रुपमा सेवन गर्दा छाला सम्बन्धी समस्याबाट पनि छुट्कारा पाउन सकिन्छ । साथमा यसको सेवनले आँखाको ज्योती पनि राम्रो बनाइराख्छ ।