दशगजामा एक नेपालीमाथि गोली प्रहार

दशगजामा एक नेपालीमाथि गोली प्रहार

काठमाण्डौं । नेपाल–भारत सीमा क्षेत्र दशगजामा विराटनगरका एक जना युवामाथि गोली प्रहार भएको छ। आइतबार साँझ ५ः४० बजे विराटनगर महानगरपालिका– ८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौलामाथि गोली प्रहार भएको हो। गोली लागेर उनी घाइते भएको प्रहरीले जनाएको छ। 

विराटनगर–१६ दक्षिण गेटदेखि पारि भारतीय भूमिमा अज्ञात समूहले उनलाई गोली प्रहार गरेको हो। उनको बायाँ तिघ्रामा गोली लागेको छ। घाइते संग्रौलाको उपचारका लागि विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको छ। 

उपभोग्य खाद्यवस्तु खरिदको लागि जोगवनी गएको अवस्थामा उनीमाथि गोली प्रहार भएको हो। ६ जना केटाहरूका बीचमा विवाद बढ्दै गएपछि संग्रौलामाथि गोली प्रहार भएको थियो।