जाडोमा मेथीको चटनी

जाडोमा मेथीको चटनी

एजेन्सी । धनियाँको चटनीको स्वाद त तपाईं सधैं खाइरहनु भएको छ र मन पनि पर्छ । तर तपाईंले कहिल्यै मेथीको चटनी बनाएर खानु भएको छ ?  मेथी दाना स्वादमा तितो हुन्छ । त्यसैले सुन्दा यसको चटनी खासै स्वादिष्ट हुँदैन जस्तो लाग्न सक्छ । तर एकपटक बनाएर खानुभयो भने तपाईं सधैं बनाउनुहुनेछ ।

यो चटनीले तपाईंका पेटका धेरै समस्याहरुबाट मुक्त गराउनेछ । ग्यास, कब्जियत आदिमा यसको सेवन गर्न सकिन्छ । मेथी दानाको चटनी वास्तवमै एकदमै स्वादिष्ट हुन्छ । एकपटक अवश्य बनाएर खानुपर्दछ । आउनुहोस् जानौं बनाउने तरिका–

सबैभन्दा पहिला मेथी दानालाई एउटा कचौरामा पानीमा एक घण्टाका लागि भिजाएर राख्नुहोस् । यसले तितोपन निस्कन्छ र मेथी भिजेर मुलायम हुन्छ ।
त्यसपछि ग्यासमा एउटा प्यान राख्नुहोस् र यसमा दुई चम्चा तोरीको तेल राखेर तताउनुहोस् र यसमा जिरा, अदुवा तथा सोंफ रोखेर भुट्नुहोस् ।

जब वासना आउन थाल्छ त्यसमा भिजेको मेथी दानालाई पानी तारेर राख्नुहोस् । २–३ मिनेटसम्म यसलाई चलाएर भुट्नुहोस् । त्यसपछि रातो खुर्सानी, कालो मरिच, बेसार, गुडका साना टुक्रा तथा चिनी राखेर मिसाउनुहोस् ।

अब यसलाई त्यतिबेलासम्म पकाउनुहोस् जबसम्म चिनी र गुड पूर्ण रुपमा पग्लिन्छ । तपाईंको चटनी तयार भइसकेको छ । यसलाई फ्रिजमा स्टोर गरेर एक हप्तासम्म सेवन गर्न सकिन्छ ।