सहुलियतमा कम्पोष्ट बिन वितरण गर्दै धनगढी उपमहानगर

सहुलियतमा कम्पोष्ट बिन वितरण गर्दै धनगढी उपमहानगर

धनगढी । धनगढी उपमहानगरपालिकाले घरबाट निस्कने कुहिने फोहोरबाट मल बनाउनका लागि आवश्यक पर्ने कम्पोष्ट बिन सहुलियतमा वितरण गर्ने भएको छ।

बिहिबार उपमहानगरको वातावरण तथा कृषि शाखाले एक सूचना जारी गर्दै फोहोरलाई स्रोतमै वर्गीकरण गरेर मल बनाउनका लागि बिन सहुलियतमा उपलब्ध गराउन लागेको जानकारी दिएको हो।

उपमहानगरका अनुसार नगरवासीलाई कम्पोष्ट बिन १ हजार तीन सय पाँच रुपैयाँमा उपलब्ध गराइनेछ। उपमहानगरपालिकाले खरिद गरेको एक सय ५२ वटा कम्पोष्ट बिन खरिद गर्न इच्छुकले नागरिकता, वडाको सिफारिस लिएर जानुपर्ने वातावरण शाखाका प्रमुख अशोक अवस्थीले बताए ।

कम्पोष्ट बिनमा खानाका टुक्राहरू मासु, हड्डी, डेयरी, कफी ग्राउन्ड र अण्डाको गोलाहरू सहित बिरुवा र यार्ड ट्रिमिंग
पातहरू, टुक्राहरू, फूलहरू, घाँस र अन्य ल्यान ट्रिमिङहरू राखेर मलका रुपमा प्रयोग गर्न सकिन्छ ।