पल शाहको मुद्दा सर्वोच्चले हेर्ने, दोहोर्‍याइ पाउँको निवेदनमा निस्सा प्रदान

पल शाहको मुद्दा सर्वोच्चले हेर्ने, दोहोर्‍याइ पाउँको निवेदनमा निस्सा प्रदान

काठमाण्डौं । नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता पूर्णविक्रम शाह (पल शाह) को  मुद्दा सर्वोच्चले अदालतले दोहोर्‍याएर हेर्ने भएको छ ।

तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेको कारण देखाएर उच्च अदालत पोखराले उनलाई सफाइ दिएको थियो ।  

उक्त फैसलाविरूद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहोर्‍याएर हेरि पाउँ भन्दै निवेदन दिएको थियो।