टिजरमा ‘चित्रा’: बाबुछोरीको सम्बन्धको कथा

टिजरमा ‘चित्रा’: बाबुछोरीको सम्बन्धको कथा

काठमाडौं– घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’को टिजर सार्वजनिक भएको छ। टिजरमा बाबु र छोरीको सम्बन्धलाई प्राथमिकता दिइएको छ। 

टिजरमा सन्तोष अधिकारी, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरि, मेनुका प्रधान, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकालको अभिनय देख्न सकिन्छ।

फिल्ममा विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दीपेश गजुरेल र प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय छ।

फिल्मका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष आफैं कार्यकारी निर्मातामा छन्। अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको यो फिल्ममा राजनराज सिवाकोटीको संगीत छ।

महेश पौडेलको छायांकन, बनिष शाह र सन्देश शाहको सम्पादन छ, भने सम्राट बस्नेतको द्धन्द्ध निर्देशन छ।

सन्तोष अधिकारी फिल्म्सको व्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको फिल्ममा पार्श्व  संगीत शैलेश श्रेष्ठको छ।

यस्तै, सोनाली शिल्पकारको मेकअप रहेको फिल्ममा असिम थापाको ड्रोन, बिजय बस्यालको पोष्टर डिजाइन छ।