जाजरकोटका भूकम्पपीडितका लागि रक्तदान

जाजरकोटका भूकम्पपीडितका लागि रक्तदान

कैलाली : कैलालीको द वर्कआउट जोन जिम क्लबले रक्तदान गरेको छ । जिल्लाको गोदावरी नगरपालिका-२ वनखेतस्थित सो जिमले सोमबार बिहान रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

जिमको पहिलो स्थापना दिवसका अवसरमा गरिएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेको क्लबका सञ्चालक भीम खडायतले जानकारी दिए ।

जिम क्लबले यसअघि पनि जाजरकोटका भूकम्पपीडितका लागि रक्तदान गरेको थियो भने ५५ हजार ५ सय ५५ रुपैयाँ राहत रकम संकलन गरी भेरी नगरपालिकाको प्रकोप व्यवस्थापन खातामा पठाएको थियो ।