प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि प्रमुख प्रतिपक्षीको संशोधन प्रस्ताव दर्ता

प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि प्रमुख प्रतिपक्षीको संशोधन प्रस्ताव दर्ता

धनगढी : प्रदेश सभामा छलफलमा रहेको प्रदेश सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संशोधन प्रस्ताव दर्ता गरेको छ । प्रमुख प्रतिपक्षी दलका प्रदेश सासंद गोबिन्दराज बोहरा प्रस्तावक र कुमारी नन्दा बम समर्थक रहेको नीति तथा कार्यक्रम माथिको संशोधन प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता भएको सभामुख अर्जुनबहादुर थापाले बिहीबारको प्रदेश सभा बैठकमा जानकारी दिनुभयो ।

प्रमुख प्रतिपक्षी दलका तर्फबाट बिहीबार मात्रै सो प्रस्ताव सचिवालयमा दर्ता भएको हो । सो प्रस्ताव प्रमुख प्रतिपक्षी दलका सांसदहरुले प्रदेश सभा नियमावली २०७४ को नियम ३७ अनुसार दर्ता गरेका हुन् । 

प्रतिपक्षी दलका सासंदहरुले संशोधन प्रस्ताव नीति तथा कार्यक्रम पेश भएका भोलीपल्टै नै गर्न चाहेका थिए । तर सभामुख थापाले गर्न मिल्ने नमिल्ने बारे राय लिएर मात्रै दर्ता गर्न दिने भने पछि प्रमुख प्रतिपक्षी दल बिहीबार सम्म कुरेको हो । 

प्रमुख प्रतिपक्षी दलका तर्फबाट दर्ता भएको संशोधनको प्रस्तावमा  निती तथा कार्यक्रमको बुँदा नम्बर ९३ र ९४ मा संशोधन हुनुपर्ने उल्लेख छ । संशोधनमा बुँदा नम्बर ९३ मा रहेको “मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकूद प्रतियोगितालाई निरन्तरता दिइने छ” को सट्टामा “मुख्यमन्त्री कप खेलकूद प्रतियोगितालाई  निरनतरता दिइने छ र खेलाडी छनौट गर्दा जिल्ला स्तरीय प्रतियोगिता मार्पmत छनौट गर्ने नीत अवलक्बन गरिने छ हुनुपर्ने उल्लेख छ ।”

यस्तै बुँदा नम्बर ९४ मा रहेको “प्रदेशको विकास र स्वरोजगारीलाई टेवा पुग्ने गरी मुख्यमन्त्री स्यवम सेवा कार्यक्रम तर्जुमा गरी संचालन गरिने छ” भन्ने वाक्यांश हटाइनुपर्ने उल्लेख छ ।

प्रदेश सरकारको ठूलो धनराशि स्वयमसेवक परिचालनका नाममा कार्यकर्तालाई बितरण हुने सम्भावना रहेकोले सो बुँदा हटाउन संशोधन प्रस्ताव दर्ता गरिएको प्रस्ताव दर्ता गर्ने प्रदेश सासंद गोबिन्दराज बोहराले बताउनुभयो । सो प्रस्ताव माथि नीत तथा कार्यक्रम माथिको छलफल सकिएपछि प्रदेश सभामा छलफल हुने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।