बैदेशिक रोजगारीको पिडा 'नसानाडी' (भिडियो सहित)

बैदेशिक रोजगारीको पिडा 'नसानाडी' (भिडियो सहित)

धनगढी। हाँस्य टेलीश्रीखंला नसानाडीको भाग २३ सार्वजनिक भएको छ ।

पछिल्लो समय सुदूरपश्चिममा लोकप्रिय बन्दै गएको हाँस्यटेलीसिरीयलको भाग २३ गत शुक्रबार सार्वजनिक भएको छ । उक्त शृङ्खलालाई विशेष गरी बैदेशिक रोजगारीको पिडालाइ लक्षित गरी बनाइएको भिडियोमा देख्न पाइन्छ। 

भिडियोमा बैदेशिक रोजगारीमा गइसकेपछि हुने दुख कष्ट र पारिवारिक पिडालाइ दर्शाएको प्रष्ट देख्न सकिन्छ। एउटा बुडो बृद्ध हुन्छ उसँग धन दौलत केही हुदैन एक्लो छोरा हुन्छ। घरको आर्थिक अबस्था कमजोरका कारण साहु सँग ऋण मागेर छोरोलाइ बैदेशिक रोजगारीमा पठाएको हुन्छ र छोरा को बैदेशिक रोजगारीको सिलसिलामा निधन हुन्छ। 

उक्त टेलीश्रीखंलाले समाजमा भएका विकृति, बेसंगती, सुदूरपश्चिमको भेसभुसा, भाषा संस्कृतिलाई जगेर्ना गर्ने, यहाँको रहनसहन लगायतका कुराहरूलाई व्यङ्ग्यात्मक तरिकाले पर्दामा उतार्दै आएको छ। 

टेलीश्रीखंलाकोे कथा/पटकथा /संवाद /लेखन र निर्देशन विजय जोशी र दीर्घ शाहीले गर्दै आएका छन् । भिडियो छायाँकन जगत साउँद र सुरज चन्दले गर्दै छन् भने भिडियोको सम्पादन बिजय जोशी र सुरज चन्दले गर्दैछन् । उक्त टेलीश्रीखंला लाई डि.एन्ड बी.इन्टरटेन्मेन्ट प्रालीबाट निर्माण भइरहेको छ भने देउराली क्रेसन युट्युब च्यानलबाट सिरियलका भागहरू नियमित रूपमा प्रसारण भइरहेका छन् ।

उक्त टेलीश्रीखंलामा सरस्वती भट्ट, दीर्घ शाही, विजय जोशी, प्रेम पौडेल, लिलाधर भट्ट, जमुना साउँद,लोकराजभट्ट, नरेश प्रसाद जोशी, सरस्वती धामी, सृजना भट्ट, कपुर राज गिरी, तेज विष्ट, जगत साउँद, रमिता शाह, अशोक धामी लगायत अन्य कलाकारहरूको अभिनय रहेको छ । 

आगामी दिनहरूमा सुदूरपश्चिम लगायत अन्य ठाउँहरू मा भएका विकृतिहरू, अन्य घटनाहरू, गाउँ बस्तिकाहरुका कथा भित्र को यथार्थ कथा लाई गहिरो अध्ययन गरी ब्याङ्ग्यात्मक शैलीमा पर्दामा उतार्ने लेखक तथा निर्देशक दीर्घ शाही र विजय जोशीले बताएका छन्।