विश्व बजारमा ‘सलार’को कमाइमा उछाल, तीन दिनमा ४०० करोड भारु

विश्व बजारमा ‘सलार’को कमाइमा उछाल, तीन दिनमा ४०० करोड भारु

काठमाडौं । अभिनेता प्रभास स्टारर भारतीय फिल्म ‘सलार’ले तीन दिनमै विश्वभर ४०० करोड भारु कमाइ गरेर इतिहास रचेको छ । दुई दिनमा झण्डै ३ सय करोड भारु ९२९५।७ करोड भारु० कलेक्सन गरेको यो फिल्मले आइतबार पनि उत्कृष्ट व्यापार गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

शुक्रबार पहिलो दिन विश्वब्यापी १७८।७ करोड भारुको डेब्यु गरेको फिल्मले शनिबार ११७ करोड र आइतबार १०४।३ करोड भारु कमायो । भारतीय फिल्मको ट्रयाकर एजेन्सी स्याकनिल्कका अनुसार यो फिल्मले तीन दिनमा हिन्दी संस्करणमा भने ६१ करोड कमायो । तीन दिनमा भारतको कलेक्सन २०८ करोड भारु छ ।

‘सलार’ले शुक्रबार भारतमा ९०।७ करोड भारु, शनिबार ५६।३५ करोड र आइतबार ६१ करोड भारु कमायो । अर्कोतर्फ शाहरुख खानको फिल्म ‘डंकी’ले चौथो दिन भारतमा ३१ करोड ५० लाख भारुको व्यापार गरेको छ । यससँगै भारतको कूल कलेक्सन १०६ करोड ४३ लाख भारु छ ।

‘डंकी’ले बिहीवार भारतमा २९।२ करोड भारु, शुक्रबार २०।१२ करोड भारु, शनिबार २५।६१ करोड भारु र आइतबार ३१।५० लाख भारु कमायो । ‘डंकी’, ‘सलार’ भन्दा एकदिनअघि रिलिज भएको थियो ।

फिल्मले ‘क्रिसमस’मा राम्रो व्यापार गर्ने अपेक्षा व्यापार विज्ञले गरेका छन् । फिल्मले ‘वर्ड अफ माउथ’ पब्लिसिटीबाट निकै फाइदा उठाइरहेको छ । आइतबार फिल्मको हिन्दी संस्करणको अकुपेन्सी ४९।६७ प्रतिशत थियो । ‘डंकी’ले तीन दिनमा विश्वब्यापी १५७।२२ करोड भारु कमाएको छ ।