‘बाजिगर’ अभिनेता दलिप ताहिल काठमाडौंमा, लेख्छन्- नेपाल तिमी धेरै प्यारो छौ

‘बाजिगर’ अभिनेता दलिप ताहिल काठमाडौंमा, लेख्छन्- नेपाल तिमी धेरै प्यारो छौ

काठमाडौं । ‘बाजिगर’ फेम्ड बलिउड अभिनेता दलिप ताहिल सोमबार नेपाल आइपुगेका छन् । ‘नेपाल तिमी धेरै प्यारो छौ’ क्याप्सन लेख्दै उनले काठमाडौं विमानस्थलमा उत्रिएको तस्वीर पोस्ट गरेका छन् ।

काठमाडौंमा उनले क्रिसमस सेलिब्रेसन गरेकोदेखि रेष्टुरेन्टमा मःमको स्वाद लिएको तस्वीर पोस्ट गरेका छन् । उनले आफ्नो नेपाल भ्रमणबारे विस्तृत खुलाएका छैनन् । क्रिसमस बिदा मनाउन निजी भ्रमणको लागि काठमाडौं आइपुगेको अनुमान गर्न सकिन्छ ।


तस्वीरमा उनलाई मालासहित स्वागत गरिएको देखिन्छ । शाहरुख खान स्टारर ‘बाजीगर’मा उनले मदन चोपडा नामक पात्रको भूमिका निर्वाह गरेका छन् । उनले ‘कहो ना प्यार है’, ‘क्यामत से कयामत तक’सहित ६० बलिउड फिल्ममा काम गरेका छन् ।

बीबीसीको ओपेरा शो, एडभेन्चर्स अफ टार्जनसहितका १७ सिरिजमा उनले काम गरेका छन् । भारतको उत्तर प्रदेशस्थित आग्रामा जन्मिएका उनी थिएटर अभिनेतासमेत हुन् । सन् १९७४ को फिल्म ‘अंकुर’बाट उनले भारतीय फिल्ममा करिअर थालेका थिए ।