उपाधिका लागि आर्मी र पुलिस भिड्दै

उपाधिका लागि आर्मी र पुलिस भिड्दै

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज (शनिबार) त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब आमने सामने हुँदैछन् ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा हुने फाइनलमा खेलमा दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।

तुलनात्मक रुपमा दुबै टोलीको प्रदर्शन समान छ । आर्मी भर्खरै सुर्खेतमा सम्पन्न पीएम कपको उपाधि उचालेको छ ।

प्रतियोगिताको विजेताले २० लाख प्रप्त गर्दा उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछ ।