बंगलादेशमा एड्सका कारण एक वर्षमा २६६ जनाको मृत्यु

बंगलादेशमा एड्सका कारण एक वर्षमा २६६ जनाको मृत्यु

काठमाडौँ । बंगलादेशमा सन् २०२३ मा एचआइभी–एड्स संक्रमणका कारण कुल २६६ जनाको मृत्यु भएको छ । यो संख्या बंगलादेशमा सन् १९८९ मा पहिलोपटक एड्स संक्रमित फेला परेयताको सबैभन्दा बढी हो। 
 
यसैबीच, बंगलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयको राष्ट्रिय क्षयरोग, कुष्ठरोग तथा एड्स नियन्त्रण कार्यक्रमले बुधबार पत्रकार सम्मेलन आयोजना गरी यस वर्षको डिसेम्बर २७ सम्म एड्सबाट १ हजार २७६ संक्रमितहरू रेकर्ड गरिएको बताएको छ ।

यस वर्ष संक्रमितमध्ये १ हजार ११८ बंगलादेशी नागरिक रहेको र बाँकी १ सय ५८ जना म्यानमारका रोहिंग्याहरू बंगलादेशको दक्षिणपूर्वी कक्स बजार जिल्लाका विभिन्न शिविरहरूमा बसोबास गरिरहेका व्यक्तिहरू रहेको बताएको  बताइएको छ ।

तथ्यांक प्रस्तुत गर्दै कार्यक्रम निर्देशक मोहफुजुर रहमान सरकारले सन् २०२२ मा देशभर २३२ जनाको मृत्यु भएको र ९४७ बिरामी पहिचान भएको बताए । 

बंगलादेशमा एड्सको पहिलो संक्रमित सन् १९८९ मा पत्ता लागेको थियो । त्यस बेलादेखि हालसम्म १० हजार ९८४ संक्रमितको पहिचान भएको र तीमध्ये २ हजार ८६ जनाको मृत्यु भएको छ।