निर्माता संजय न्यौपानेले नयाँ फिल्म 'रक्तबीज' निर्माण घोषणा गरेका छन्।

निर्माता संजय न्यौपानेले नयाँ फिल्म 'रक्तबीज' निर्माण घोषणा गरेका छन्।

उनले शुक्रबार फिल्मको नाम सार्वजनिक गर्दै निर्माण घोषणा गरेका हुन्। फिल्ममा अभिनेता सौगात मल्ल, विशाल खरेल र प्रमोद अग्रहरीको मुख्य भूमिका रहनेछ। अन्य कलाकार र निर्देशक केही दिनमा सार्वजनिक गर्ने निर्माण टिमले बताएका छन्। फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन्।

संजय न्यौपाने प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मलाई एलए ग्रुप अमेरिका र कमल खतिवडाको लगानी रहनेछ। फिल्मको छायांकन अर्को वर्षको असोजबाट गरिने निर्माता न्यौपानेले बताए। 

फिल्म डार्क एक्सन जनरामा निर्माण हुनेछ। फिल्मलाई सौरभ लामाले छायांकन गर्नेछन्।