विश्वको धनी व्यक्तिको सूचीमा एलन मस्क र मायर्स

विश्वको धनी व्यक्तिको सूचीमा एलन मस्क र मायर्स

काठमाडौँ । विश्वको धनी व्यक्तिको सूचीमा फेरि एलन मस्क दर्ज भएका छन् । उनी टेस्ला र स्पेसएक्स (साविकको ट्वीटर) का सीईओ हुन् । 

ब्लुमबर्गका अनुसार टेस्ला तथा स्पेसएक्सका मालिक मस्कले फ्रान्सेली अर्बपति बर्नाड अर्नाल्टलाई पछि पार्दै पहिलो स्थानमा पुनरागमन गरेका हुन् । सन् २०२२ मा एलन मस्कले १ सय ३८ बिलियन डलरको घाटा बेहोरेका थिए । त्यसपछि बर्नार्ड अर्नाल्ट विश्वको सबैभन्दा धनी व्यक्ति बनेका थिए ।

तर, अहिले फेरि उनी नै पहिलो नम्बरमा स्थापित भएका हुन् । यसैबीच सेयरमा आएको गिरावटपछि अर्नाल्टको कुल सम्पत्ति एलोन मस्कको भन्दा ५० अर्ब डलरले कम भएको छ । एलोन मस्कको कुल सम्पत्ति अहिले २३२ बिलियन डलर पुगेको छ । 

यसैगरी विश्वकै धनी महिलाको सूचीमा फ्रान्सकी ७० वर्षीया फ्राँस्वाज बेताँकूर मायर्सको रहेकी छन् । मायर्स विश्वको सबैभन्दा ठूलो कस्मेटिक कम्पनी लिओरियलको होल्डिङ कम्पनी तिथिसकी अध्यक्ष र लोरियल ग्रुपको बोर्ड अफ डाइरेक्टर्सकी उपाध्यक्ष हुन् । उनको कुल सम्पत्ति १०० अर्ब डलर रहेको समाचारमा उल्लेख छ ।