धनगढी क्षेत्रको विद्युत आपुर्ति शनिबार साँझदेखि सुचारु

धनगढी क्षेत्रको विद्युत आपुर्ति शनिबार साँझदेखि सुचारु

धनगढी : हावाहुरीका कारण खम्बाहरु ढलेर अवरुद्ध भएको धनगढी क्षेत्रको विद्युत आपुर्ति शनिबार साँझदेखि सुचारु भएको छ । प्राधिकरणको धनगढी बितरण केन्द्रका अनुसार धनगढीको मुख्यबजारमा ढलेका खम्बाहरु हटाई नया राखिसकिएको छ ।

तारहरु जोडिसकेकोले मुख्य बजार क्षेत्रमा मात्रै भएपनि साँझदेखि विद्युत आपुर्ति नियमित गर्ने गरी काम भएको प्राधिकरणको धनगढी नोलाइट सेवाले जानकारी दिएको छ । धनगढी बितरण केन्द्रबाट विद्युत आपुर्ति हुने अधिकांश स्थानमा खम्बाहरु ढलेका छन् ।

बितरण केन्द्रको सबै क्षेत्रमा विद्युत आपुर्ति नियमित गर्न कम्तिमा पनि एक हप्ता लाग्ने प्राधिकरणले जनाएकोछ । सबै स्थानमा प्राधिकरणका कर्मचारीहरु मात्रैले काम गर्दा आपुर्तिमा झन ढिलाई हुने हुँदा प्राधिकरणको कार्यालयबाट स्थानीय तहसितको समन्वयमा खम्बाहरु लिएर गाड्ने काम जनस्तरबाट भएर तार तानेर चाँडोआपुर्ति गरिएको प्राधिकरणले जनाएको छ ।