एजेन्सी । सुन्तला जति खानका लागि स्वादिष्ट छ, त्यसरी नै त्यसको बोक्रा पनि एकदमै उपयोगी छ । आज हामी तपाईंलाई सुन्तलाको बोक्राले घर सफा गर्ने तरिका बताउनेछौं ।
सामग्री
यसले घर सफा गर्न तपाईंलाई सुन्तलाको बोक्रा, सोडा, लिक्विड डिटर्जेन्ट र नुनको आवश्यकता पर्दछ ।
बनाउने तरिका
यसका लागि तपाईंले सबैभन्दा पहिला ४ देखि ५ वटा सुन्तलाको बोक्रा लिनुहोस् र सानो सानो टुक्रा बनाउनुहोस् ।
त्यसपछि एउटा प्यान चुल्होमा राख्नुहोस् अनि त्यसमा सुन्तलाको बोक्रा, पानी र नुन राखेर उमाल्नुहोस् ।
सुन्तलाको बोक्रालाई उमालेपछि त्यसको पानी एउटा कचौरामा छान्नुहोस् र त्यसमा बेकिंग सोडा र लिक्विड डिटर्जेन्ट मिसाउनुहोस् ।
अब उक्त पानीलाई एउटा स्प्रे बोतलमा भर्नुहोस् । जसले तपाईंलाई सरसफाई गर्न सजिलो हुनेछ ।
सफा गर्ने तरिका
स्प्रे बोतलमा भरेको सुन्तलाको बोक्राको पानीले घरका साना-साना सामान जस्तै ग्यासको बर्नर, धाराको टुटी आदि सफा गर्न सकिन्छ ।
जब यो पानीले कुना कुना सफा गर्नुहुनेछ घरमा सफाई त हुन्छ नै साथमा वासना पनि मिठो आउनेछ ।