‘सालार’को विश्वव्यापी कमाइ ४ सय ८५ करोड

‘सालार’को विश्वव्यापी कमाइ ४ सय ८५ करोड

काठमाडौं । प्रभासको फिल्म ‘सलार’ले रिलिजयता नै बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ।

फिल्मलाई समीक्षक र दर्शक दुवैले राम्रो प्रतिक्रिया दिइरहेका छन्। फिल्मले अहिलेसम्म बक्स अफिसमा ३ सय ८ करोड कमाइसकेको छ। फिल्मले शाहरुख खानको ‘डन्की’लाई पनि पछि पारेको छ। 

केजीएफ फेम निर्देशक प्रशान्त नीलको निर्देशनमा बनेको यो फिल्मले ९ दिनको कुल व्यापार ३ सय २९.६२ करोड गरेको छ। विश्वभर फिल्मले ४ सय ८५ करोडको आँकडा छोएको छ। 

‘सालार’ मा प्रभासको अपोजिटमा श्रुति हासन मुख्य भूमिकामा छिन्। यस बाहेक पृथ्वीराज सुकुमारन, जगपति बाबु रेड्डी, टिनु देसाई लगायतका धेरै शक्तिशाली कलाकारहरुको पनि महत्वपूर्ण भूमिका छ।

फिल्मको कथा मित्रतामा आधारित छ, जसमा कुनै घटनाका कारण दुई साथी एकअर्काका शत्रु बन्छन्। यो फिल्म २२ डिसेम्बरमा हलमा रिलिज भएको थियो।