राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर

राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर

आज आइतबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ८६ पैसा र बिक्रीदर १११ रुपैयाँ ४६ पैसा तोकेको छ । 

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ५६ पैसा र बिक्रीदर २९ रुपैयाँ ७२ पैसा छ । कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ४५ पैसा र बिक्रीदर ३० रुपैयाँ ६१ पैसा तोकिएको छ । 

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा छ । रिंगिट १ को खरिददर २६ रुपैयाँ ६५ पैसा र बिक्रीदर २६ रुपैयाँ ८० पैसा छ । 

वन एक सयको खरिददर ९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसा रहेको छ । कुवेती दिनारको १ को खरिददर ३६४ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ७७ पैसा तोकिएको छ । बहाइन दिनार १ को खरिददर २९४ रुपैयाँ १८ पैसा र बिक्रीदर २९५ रुपैयाँ ७७ पैसा छ ।