जाडोमा सनस्क्रीन लगाउनु पर्छ कि पर्दैन ?

जाडोमा सनस्क्रीन लगाउनु पर्छ कि पर्दैन ?

एजेन्सी । अत्यधिक मानिसहरुले जाडोमा सनस्क्रीन लगाउन आवश्यक छैन भन्ने ठान्छन् । किनकी यो मौसममा घाम लिन आवश्यक हुन्छ । यस्तोमा शरीरलाई घामको आवश्यकता पर्ने बेला सनस्क्रीन किन लगाउने भन्ने पनि प्रश्न आउन सक्छ । तर सूर्यको किरणबाट आउने यूभी रेजले जाडोमा पनि हाम्रो छालालाई नोक्सान पुर्‍याउन सक्छ ।

त्यसैले छालालाई त्यस्तो रेजहरुबाट जोगाउनका लागि एसपीएफ भएको सनस्क्रीन लगाउनु पर्दछ । जाडोमा पनि सूर्यबाट हानिकारक किरणहरु आउँछन् जसले छालालाई नोक्सान पुर्‍याउँछ । त्यसैले जाडोमा पनि एसपीएफ भएको सनस्क्रीनको प्रयोग गर्नुपर्दछ । यसले छालालाई घामको खराब किरणबाट जोगाउँछ र छालाको समस्या पनि हुन दिँदैन । त्यस्तै छाला स्वस्थ राख्नका लागि पनि सनस्क्रीनको प्रयोग आवश्यक हुन्छ । सनस्क्रीनमा भिटामिन सी, ई, तथा छालालाई आवश्यक पर्ने खालका तत्वहरु पाइन्छन् जसले छालालाई स्वस्थ राख्न सहयोग गर्छ ।

जाडोमा हाम्रो छाला एकदमै सुख्खा हुने गर्छ । त्यसैले यसलाई ड्राई हुनबाट जोगाउनका लागि पनि सनस्क्रीनको आवश्यकता पर्दछ । जाडोमा मोइस्चराइजिंग सनस्क्रीन छालाका लागि एकदमै फाइदाजनक हुन्छ ।

छालालाई ड्यामेज हुनबाट जोगाउनका लागि पनि सनस्क्रीनको प्रयोग अत्यावश्यक हुन्छ । यसले छालालाई वातावरणमा भएका खराब कणहरुबाट जोगाउने काम गर्छ । नियमित सनस्क्रीनको प्रयोग गर्दा छालामा चमक रहिरहन्छ । साथमा छाला स्वस्थ देखिन्छ हुन्छ र चाउरीपना दागधब्बा आदि पनि आउँदैन ।