केराको बोक्राबाट चम्काउनुहोस् अनुहार

केराको बोक्राबाट चम्काउनुहोस् अनुहार

एजेन्सी । जाडोमा छाला एकदमै रुखो र मरेतुल्य हुने गर्छ । छालालाई मुलायम, चम्किलो राख्नका लागि तपाईं बाहिरका खराब सामग्री तथा रसायनयुक्त उत्पादनहरुको प्रयोग नगर्नुहोस् । छालालाई स्वस्थ राख्नका लागि केराको बोक्राको पनि प्रयोग गर्न सकिन्छ ।

केराको बोक्रामा पाइने पोषक तत्वहरुले छालालाई पोषण दिएर स्वस्थ राख्ने गर्छ । यदी छालामा चाउरीपना आउन थालेको छ भने पनि केराको बोक्राको प्रयोग उपयोगी हुन्छ ।

छालाका विभिन्न समस्याका लागि तपाईं केराको बोक्रालाई सिधै छालामा रगडेर केहीबेर मालिस गर्न सक्नुहुन्छ । यसले अनुहार चम्किलो पनि बनाउँछ ।

यदी आँखाको वरिपरि सुन्निएको छ भने पनि केराको बोक्रालाई आँखा बन्द गरेर आँखामाथि केहीबेर राख्नुहोस् । केराको बोक्राको पेस्ट बनाएर लगाउँदा पनि कालो दाग, धब्बा आदिबाट छुट्कारा पाउन सकिन्छ ।

छालालाई हाइड्रेट राखेर  चम्किलो बनाउनका लागि पनि केराको बोक्राको प्रयोग गर्न सकिन्छ ।

त्यस्तै केराको बोक्रा, मह, दहीको पेस्ट बनाएर तपाईं फेसमास्क बनाएर पनि लगाउन सक्नुहुन्छ । यसरी छालाका विभिन्न समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

यसका लागि तपाईंले नियमित रुपमा यसको प्रयोग गर्नुपर्ने हुन्छ ।