घोडाघोडी नगरपालिकाका विद्यालयहरु ५ दिनका लागि बन्द हुने

घोडाघोडी नगरपालिकाका विद्यालयहरु ५ दिनका लागि बन्द हुने

कैलाली : कैलालीको घोडाघोडी नगरपालिकाका विद्यालयहरु ५ दिनका लागि बन्द हुने भएका छन् । घोडाघोडी नगरपालिकामा सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरु बाट अत्याधिक गर्मी भई पठनपाठनमा समस्या भएको गुनासो आएपछि नगरपालिकाले ५ दिनका लागि नगर क्षेत्रका सम्पुर्ण विद्यालयहरु बन्द गर्ने गरेको हो ।

विद्यालय समयमा अत्याधिक गर्मी भए पछि यहि जेठ २७ गते देखि जेठ ३१ गते सम्मका लागि बिदा दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

घोडाघोडी नगरपालिकाले नगर क्षेत्रका विद्यालयहरु दिउँसो सञ्चालन गरे पछि विद्यालयमा अत्याधिक गर्मी भएको भन्दै यस अघि घोडाघोडी नगरपालिका १ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरु आन्दोलित समेत बनेका थिए ।