जाडोयाममा चिनीभन्दा शख्खरको चिया पिउँदा हुन्छ यी पाँच फाइदा

जाडोयाममा चिनीभन्दा शख्खरको चिया पिउँदा हुन्छ यी पाँच फाइदा

काठमाडौं– पोषक तत्वले भरिपूर्ण शख्खर स्वास्थ्यका लागि अत्यधिक फाइदाजनक हुन्छ । शख्खरलाई जाडोयामको सुपरफूड पनि भनिन्छ । शख्खरमा आइरन, क्याल्शियम, फस्फोरस, म्याग्नेशियम, पोटाशियम, जिन्क जस्ता सम्पूर्ण पोषक तत्व पाइन्छ ।

शख्खरलाई आफ्नो डाइटमा विभिन्न प्रकारले समावेश गर्न सकिन्छ । जाडोयाममा लगातार शख्खरको चिया पिउनाले विभिन्न रोगहरुबाट राहत पाउन सकिन्छ ।

महिलाहरुमा महिनावारीको क्रममा पेट दुख्ने, छटपट हुने आदि समस्या हुन्छ । यस्तो अवस्थामा शख्खरको चिया अत्यन्त लाभदायक हुन्छ ।

शख्खरको चियाका अन्य फाइदाहरु पनि छन् ।

पाचनका लागि

जाडोयाममा शख्खरले पाचनका लागि औषधिको रुपमा काम गर्छ । कब्जियतको समस्या छ भने दिनहुँ शख्खरको चिया पिउन सकिन्छ । यसले पाचन प्रणाली बलियो बनाउनुको साथै कब्जियतको समस्याबाट पनि राहत पाउन सकिन्छ । शख्खरको चिया खाँदा स्वादिलो पनि हुन्छ ।

शरीरमा रगत बढाउँछ

एन्टीअक्सीडेन्टले भरिपूर्ण शख्खरको चिया शरीरमा विभिन्न समस्यालाई कम गर्न सहयोग पुर्याउँछ । चिसोको मौसममा नियमित रुपले शख्खरको चिया पिउनाले मौसमी रोगहरुबाट बच्न सक्छ । शख्खरमा आइरनको मात्रा पनि पर्याप्त हुन्छ । जसले शरीरमा रक्त कोशिका निर्माणमा सहयोग पुर्याउँछ । एनिमियाका विरामीले शख्खरको चिया पिउनु आवश्यक छ । यसो गर्दा शरीरमा हेमोग्लोबिनको स्तर बढ्छ ।

प्रतिरोधक क्षमता बलियो

जुन मानिसको प्रतिरोधक क्षमता कमजोर हुन्छ, उनीहरुले विभिन्न किसिमका रोगको सामना गर्नु पर्छ । त्यस्ता मानिसले जाडोयाममा तातो शख्खरको चियाको फाइदा उठाउनु पर्छ । यसो गर्दा रोग प्रतिरोधक क्षमता बढ्छ ।

वजन घटाउनका लागि

जाडोयाममा वजन कम गर्न सजिलो छैन । यस्तो स्थितिमा शख्खर सहयोग हुन सक्छ । पर्याप्त मात्रामा शख्खर खानाले मेटाबलिज्म बढ्छ, जसले वजन कम हुन सहयोग पुर्याउँछ ।

शरीरका टक्सिक पदार्थ बाहिर निकाल्छ

शख्खरले शरीरमा समावेश टक्सिक पदार्थ बाहिर निकाल्न सहयोग पुर्याउँछ । यसका लागि शख्खरको चिया आफ्नो डाइटमा समावेश गनु पर्छ ।