लिग कप सेमिफाइनल : पहिलो लेगमा चेल्सी पराजित

लिग कप सेमिफाइनल : पहिलो लेगमा चेल्सी पराजित

काठमाडौँ । चेल्सी लिग कप (कारबाओ) को सेमिफाइनलको पहिलो लेगमा पराजित भएको छ ।

मंगलबार राति भएको खेलमा चेल्सी मिडल्सब्रगसँग १–० गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफको ३७ औं मिनेटमा मिडल्सब्रगले गरेको १ मात्र गोल नै निर्णायक भयो ।

उसका लागि हेडन ह्याक्नीले गोल गर्दै अग्रता दिलाएका थिए । सोही अग्रता अन्तिमसम्म कायम राख्दै मिडल्सब्रगले पहिलो लेगमा जित निकाल्न सफल भयो ।  

अब दोस्रो लेगको खेल जनवरी २४ मा हुनेछ । उक्त खेलमा कम्तिमा चेल्सीले २–० को जित निकाल्दा मात्रै फाइनल पुग्छ ।

बराबरी वा हारले भने चेल्सीको फाइनल खेल्ने सपना साकार हुने छैन ।

उता, मिडल्सब्रगले भने बराबरी वा जितले फाइनल पुग्ने छ ।

दोस्रो लेग २४ तारिखमा हुने छ ।  

सेमिफाइनल अन्तर्गतकै अर्को खेलमा आज फुलह्याम र लिभपुल खेल्ने छन् ।