सलमान खानका पाँच सबैभन्दा महंगा चीज

सलमान खानका पाँच सबैभन्दा महंगा चीज

 सलमान खान जति नै चर्चित छन् त्यति उनी सादा जीवन बिताउन मन पराउँछन् । तर, पनि उनीसँग केही त्यस्ता चिज छन् जो आम मानिससँग हुँदैन । आज जानौं उनका पाँच एकदमै महंगा चिज बारे ।

१. सलमान खानसँग मुम्बईमा एउटा आलिसान तथा विलासी अपार्टमेन्ट छ । जहाँ उनी आमाबुवा लगायत सम्पूर्ण परिवारका सदस्यसँग बस्ने गर्दछन् । यो अपार्टमेन्टको नाम ग्यालेक्सी हो, जसको मूल्य १०० करोड भारु बराबर छ ।

२. सलमानसँग पनवेलमा एउटा फार्महाउस छ । यसमा प्रायः उनी साथीभाईसँग पार्टी गरिरहेका हुन्छन् । यो फार्महाउसमा पुल, जिम, क्रिकेट ग्राउन्ड जस्ता सुविधा छन् । पनवेल फार्महाउसको मूल्य १५० करोड रुपैयाँ भन्दा माथि पर्दछ ।

३. सलमान खानसँग गोराईमा एक आलीशान सी–फेसिंग बंगला पनि छ । जसको मूल्य पनि करोडौंमा पर्दछ । यहाँबाट समुद्र एकदमै नजिकै पर्दछ ।

४. यसबाहेक सलमान खानसँग मर्सिडीज, बीएमडब्यू र रेन्ज रोवर जस्ता बिलासी कार छन् ।

५. सलमानको एउटा निर्माण कम्पनी पनि छ । जसको नाम सलमान खान प्रोडक्सन राखिएको छ । यसमार्फत् उनले विभिन्न फिल्म निर्माण गर्ने गर्दछन् । जसबाट पनि करोडौं कमाई गर्दछन् ।