सुनको मूल्य ३ सय घट्यो

सुनको मूल्य ३ सय घट्यो

आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ घटेको छ। हिजो प्रतितोला ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज ६२ हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ। 

चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।