कर्णाली नदीमा महिलाको शव फेला

कर्णाली नदीमा महिलाको शव फेला

टीकापुर : कैलालीको टीकापुर नगरपालिका-२ स्थित सनकट्टी घाटको कर्णाली नदीमा सोमबार एक महिलाको शव फेला परेको छ। 

इलाका प्रहरी कार्यालय टीकापुरकाअनुसार झण्डै ३२ वर्ष उमेरकी महिलाको शव वेवारिसे अवस्थामा भेटिएको हो।

नदीको किनारमा अड्किएको रुखभित्र महिलाको शव भेटिएको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ। प्रहरीकाअनुसार महिलाको शव चिनिने अवस्थामा छैन।