नेकपा विप्लव समुहले थाल्यो सशस्त्र विद्रोह, प्रहरी चौकी र वन कार्यालयमा बम प्रहार

नेकपा विप्लव समुहले थाल्यो सशस्त्र विद्रोह, प्रहरी चौकी र वन कार्यालयमा बम प्रहार

सर्लाही । नेकपा विप्लव समुहले सर्लाहीको एक वन कार्यालयमा शक्तिशाली बम विस्फोट गराइएको छ ।

दोन्द्धकालिन समयको झल्को दिने गरि उक्त समुहले आईतरबार राति सर्लाही, ईश्वरपुर नगरपालिका ४, स्थित सागरनाथ वन परियोजनाको कार्यालयमा शत्तिशाली बम विष्फोट गराएको हो । श्रम शोषण र जोताहा सुकुम्वासीहरुलाई उठिबास गराउँदै आएको आरोपमा सो वन कार्यालयमा भौतिक कार्वाही गरिएको नेकपाले बताएको छ ।

विष्फोटबाट कार्यालयमा ठूलो क्षति भएको छ । सोही राती विप्लव समुहले सर्लाही हरिवन ६ घुर्कौली स्थित सुरक्षा चौकीमा पनि आगजनी गरेको छ । आगजनीका कारण सो कुरुवा घर भनिने प्रहरी चौकी समेत पूर्णरुपमा ध्वस्त भएको खबर हामीलाई प्राप्त भएको छ ।