माछापुच्छ्रे बैंकले गोदावरीको शैलेश्वरी विद्यालयमा सहयोग गर्ने

माछापुच्छ्रे बैंकले गोदावरीको शैलेश्वरी विद्यालयमा सहयोग गर्ने

धनगढी । माछापुच्छ्रे बैंक लिमिटिेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत सुदुरपश्चिम प्रदेशको सरकारी विद्यालयमा आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको छ।

सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला गोदावरी नगरपालिका वडा नम्बर ६ बडेहाँस्थित श्री शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा शौचालय निर्माण गर्न दुवैै विद्यालयसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको हो।

विद्यालय संचालनका लागि अति आवश्यक पर्ने खानेपानी तथा शौचालयको असुविधाका कारण पठनपाठनमा समेत समस्या भईरहेको जानकारी पाए पश्चात बैंकले उक्त विद्यालयको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरु निर्माण गर्ने निर्णय गरेको हो।

१८०० भन्दा बढि विद्यार्थी र ३५ जना शिक्षक/कर्मचारी कार्यरत श्री शैलेश्वरी उच्च माध्यामिक विद्यालयमा भएको अस्थायी शौचालयको अवस्था निक्कै नै खराब रहेको हुँदा विद्यार्थी एवम् शिक्षकहरुले समस्या भोगिरहनु परेको छ।