धनगढीमा चैतन्य स्ट्रीम वर्कसप हुँदै

धनगढीमा चैतन्य स्ट्रीम वर्कसप हुँदै

धनगढी । कैलालीको धनगढीमा रहेको चैतन्य पाठशालाले विज्ञान र प्रविधिका क्षेत्रमा रुचि राख्ने विद्यार्थीका लागि चैतन्य स्ट्रीम वर्कसप गर्ने भएको छ  । 

विद्यार्थीलाई बाल्यकाल देखिनै सम्बन्धित क्षेत्रमा लाग्न प्रेरित  गर्ने  उद्देश्यका साथ माघ १६ गते देखि २२ गते सम्म स्ट्रीम वर्कसप गर्न लागेको विद्यालयले जानकारी गराएको छ । 

चैतन्य पाठशालाका सञ्चालक गणेश प्रसाद जोशीले अहिलेको विश्वव्यापी रूपमा विकसित भइरहेको विज्ञान,प्रविधि ,गणितको लगायत अनुसन्धान र अन्वेषणका क्षेत्रमा योगदान दिन सक्ने वैज्ञानिकहरू उत्पादनका निमित्त चैतन्य स्ट्रीम वर्कसप गर्न लागेको बताए । 

जोशीले वर्कसपमा विभिन्न ११ वटा विधामा वर्कसप कक्षाहरू एक साता सम्म सञ्चालन गरिने जानकारी दिए । उनले रिमोर्टको नियन्त्रणबाट प्लेन उडाउने, लगायत विभिन्न परीक्षणहरू गरिने बताए  ।  

जसका लागि काठमाडौँ र हेटौडाबाट छ जना युवा वैज्ञानिकको टाली धनगढी आउने बताइएको छ । 

वर्कसपमा चैतन्य पाठशाला बाहेक धनगढीका अन्य विद्यालयहरूले पनि  कक्षा ६ देखि ९ सम्म अध्ययनरत १० जना विद्यार्थीलाई निःशुल्क रूपमा सहभागी गराउन सक्ने जनाएको छ । वर्कसपमा विभिन्न विद्यालयका २०० भन्दा बढी विद्यार्थी सहभागी हुने दाबी गरिएको छ ।