बझाङमा रुखबाट लडेर बृद्धको मृत्यु

बझाङमा रुखबाट लडेर बृद्धको मृत्यु

बझाङ : बझाङमा एक जनाको पाला काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको छ । जयपृथ्वी नगरपालीका वडा नम्बर १ का ६५ वर्षीय जोग बहादुर सिंह आईतबार विहान गाँउ नजिकैको जंगल चौड्यान दागाड्या खोलामा पशु चौपायाका लागि पाल काट्न गएका थिए ।

आईतबार बिहान पाल काट्न गएका सिंह साँझसम्म घर नफर्किएपछि सोमबार बिहान खोजी गर्दै जाँदा सिंह मृत अवस्थामा फेला पारेको स्थानीय सत्यराज सिंहले बताए ।

पाल काट्ने क्रममा रुख नै ढलेर सिंहको टाउकोमा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । मृतक सिंहका ३ छोरा र श्रीमती छन् । उनको सोमबार बिहान दाहसंस्कार गरिएको छ ।