नेपाल वेस्टर्न म्यानेजमेन्ट एण्ड इन्जिनीरिंग कलेजका तीन विद्यार्थीको उत्कृष्ट नतिजा

नेपाल वेस्टर्न म्यानेजमेन्ट एण्ड इन्जिनीरिंग कलेजका तीन विद्यार्थीको उत्कृष्ट नतिजा

धनगढी । पोखरा विश्व बिद्यालय द्वारा संचालित २०२३ स्प्रिंग परीक्षाको नतिजामा नेपाल वेस्टर्न म्यानेजमेन्ट एण्ड इन्जिनीरिंग कलेजले उत्कृस्ट नतिजा दोहोर्याउँन सफल भएको छ । 

विश्व बिद्यालयद्वारा संचालित परीक्षामा  सम्मिलित बिद्यार्थीहरुमा आकृति न्यौन्याल, अंकिता ओझा र चन्द्रा कुमारी जोशीले ४.०० जीपीएमा ४.०० नै ल्याई कलेजले उत्कृष्ट नतिजा दोहोर्याउन सफल भएको हो ।

तीनै जना विश्व बिद्यालयमै टप नतिजा दिन सफल भएको कलेजले जनाएको छ । बिगतका नतिजाहरुमा भन्दा यस बर्षको नतिजामा अधिकांस सेमेस्टरमा राम्रो नतिजा आएको कलेजले जनाएको छ । ३.५ भन्दा माथिल्लो रेन्जमा जीपीए ल्याउनेको संख्या बढी र ३.० भन्दा तल्लो रेन्जमा जीपीए ल्याउनेको संख्यामा कमि आएको  कलेजको भनाई छ । बिगत झैँ यस पटक पनि ३ जना बिध्यार्थीहरुले युनिभर्सिटी मै टप नतिजा ल्याउन सफल भएको कलेजका एकेडेमिक डाइरेक्टर भीमबहादुर चौधरी बताए ।

सुदुरपश्चिम प्रदेशलाई नै शैक्षिक गन्तव्यको आकर्षण बनाउन  निरन्तर लागिपरेका कारण आज नेपाल वेस्टर्न एकेडेमी पोखरा विश्व बिद्यालयबाट सम्बन्धन प्राप्त कलेज मध्ये देशमै उत्कृस्ट कलेजको सूचिमा अन्तरास्ट्रिय स्तरमा पुरस्कृत हुन सफल भएको उनको भनाई छ । कलेजमा अध्यनरत हरेक बिध्यार्थिलाई सक्षम नागरिक तयार गर्न कलेज प्रशासन, ब्यबस्थापन र सिंगो टिम हरपल लागिपरेकोले नै  यस कलेजलाई उक्त सफलता मिलेको कलेज सन्चालक शैलेश कुमार सिंह बताए ।

कलेजले हरेक पटक ल्याउदै आएको उत्कृस्ट नतिजामा जति खुशी छौ, त्यति नै सफलतालाई आगामी बर्षमा पनि कायम राख्न चुनौती थपिएको उनी बताउँछन् । कलेजलाई सफल बनाउनमा लागि पर्ने सिंगो टिम नै यसको श्रेयको पात्र हुने सन्चालक सिंह बताउँछन् ।