असल अभिभावक बन्न उत्प्रेरित गर्दै चैतन्य पाठशाला

असल अभिभावक बन्न उत्प्रेरित गर्दै चैतन्य पाठशाला

धनगढी । धनगढीमा रहेको चैतन्य पाठशालाले अभिभावक शिक्षा चैतन्य आदर्श अभिभावक उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । शिक्षासँगै संस्कारलाई प्राथमिकता दिँदै आएको चैतन्य पाठशालाले आज शनिवार अभिभावक शिक्षा चैतन्य आदर्श अभिभावक उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको हो ।

शिक्षा र संस्कारकै कारण अहिले संस्कृतिको विकास भइरहेको  चैतन्य ईन्सिच्युड अफ म्यानेजमेन्टका प्रमुख प्रशासकीय अधिकृत तथा चैतन्य पाठशालाका अध्यक्ष  गणेश प्रसाद जोशीले बताए ।

गुणस्तरीय शिक्षाका लागि विद्यालयमा आवश्यक संरचना,स्रोत साधन पर्याप्त रहेको उनको दाबी छ ।  शिक्षाले संस्कार र संस्कारले शिक्षालाई जोड्ने पुलको काम गरेको उनको भनाई छ । शिक्षामा सुधार पढाइलाई मात्र नभएर पढाई सँग सङ्गै लन्ने अतिरिक्त क्रियाकलाप गर्न पहिलो स्कुल भएको अध्यक्षले जोशीले बताए । उनले धनगढीमा अन्य विद्यालयको भन्दा न्यून शुल्कमा अध्यापन गराउने समेत बताए । 

समाजको शिक्षालाई सुधार गर्नु छ  भने समाजमा रहेका हरेको परिवेशमा रहेका बालबालिकालाई एक जुट गर्नुका साथै  समाजको विकासको शिक्षालाई सुधार गर्न आबश्य रहेको उनको तर्क छ।

चैतन्य पाठशालाका प्रधानाध्यापक कटक बहादुर सिंहले शिक्षा क्षेत्रमा फरक गर्नु पर्ने समय आएको बताए । समाज सापेक्ष नयाँ सुरुवाद गर्ने समय सापेक्ष अनुसार कसरी शिक्षालाई राम्रो गर्नमा अभिभावकको महत्त्वपूर्ण भूमिका रहने उनको भनाई छ ।

यदि समाजलाई शिक्षित समाज बनाउनु छ भने सुरु आफैबाट गर्नु  पर्छ उनले भने । शिक्षा रुपान्तणमा सबैको हातेमालो गरेर लग्नु पर्ने जिम्मेवारी काँधमा आएको  चैतन्य पाठशालाका पिटिए अध्यक्ष ईश्वर गिरीले बताएका छन् । अभिभावक शिक्षा चैतन्य आदर्श अभिभावक उत्प्रेरणा कार्यक्रममा अभिभावक,शिक्षक, बिद्यायार्थीहरुको सहभागिता रहेको थियो ।